Sunday, May 3News That Matters

दोस्रो वडा अध्यक्ष गोल्ड कप 7A साईड फुटबल प्रतियोगिता माघ १६ देखी

पूर्णपुष्टि, माघ १० । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० मा दोस्रो वडा अध्यक्ष गोल्ड कप 7A साईड फुटबल प्रतियोगिता २०८० सुरु हुने आउँदो माघ १६ देखी सुरु हुने भएको छ ।

बुधबार आयोजक वडा युवा तथा खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै खेल माघ १६ गते देखी २७ गते सम्म संचालन गरिने जनाएको छ । राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद’ भन्ने नाराका साथै खेल माध्यमबाट युवाहरुलाई दुव्र्यसन मुक्त स्वास्थ्य समाज निर्माण गर्ने उदेश्यका साथ प्रतियोगिता संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा घरेलु टिम फ्युजन फुटबल क्लब सहित स्टार युवा क्लब, कोशी प्रदेश प्रहरी रानी बिराटनगर, कटारी फुटबल क्लब, तालतयैया फुटबल क्लब, बसाहा क्लब, गाईघाट फुटबल क्लब, इटहरी फुटबल क्लब, गोलबजार स्पोर्टस क्लब, दुधौली स्पोर्ट क्लब, बोक्से युवा संजाल र त्रियुगा स्पोर्टस क्लब गरी १२ वटा टिमको सहभागिता रहनेछ । खेल फिफाको नियम अनुसार नकआउट प्रणालीबाट खेलाईने र प्रत्येक दिन म्यान अफ द म्याच घोषित हुने खेलाडीले २ हजार रकम र विदागत उत्कृष्ट खेलाडीहरुले आकर्षक पुरस्कार साथै टोकन लभ प्राप्त गर्ने छ ।प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैँया र उपविजेता टिमले ५० हजार १ सय ११ रुपैँया सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । उक्त प्रतियोगिताको खेल त्रि।न।पा। १० नयाँ बस्ती गंगा खेल मैदानमा खेलाईने आयोजकले जनाएको छ । प्रतियोगितालाई प्युजन फुटवल क्लवले समन्वय गर्ने भएको छ ।