Wednesday, April 22News That Matters

दोस्रो सेभेन (ए साईड) फुटवललाई टाईगर बोसको दोस्रो पुरस्कार सहयोग

पूर्णपुष्टि, १३ साउन ।
ओखलढुँगा निवासी हाल मकाउमा रहेका टाईगर बोसले बोक्सेमा जारी दोस्रो सेभेन ए साईड फुटवल प्रतियोगितालाई दोस्रो पुरस्कार राशी सहयोग गरेको छ । फुटवल प्रेमी समेत रहेका टाईगर बोसले दोस्रो पुरस्कार रकम सयोग गर्ने घोषणा गरेको हो । उनले प्रतियोगिताका लागि रु २० हजार सहयोग गर्ने भएको आयोजक समितिले जाकारी दिएको छ । आयोजक टिमले उनलाई धन्यवाद प्रकट गरेको छ । खेल यहि साउन १० देखी बोक्से खसी बजारमा जारी छ । उक्त प्रतियोगिताका बिजेताले नगद राशी रु ४० हजार ट्रफि र उपबिजेताले रु २० हजार नगद र ट्रफि पाउने छ ।