
बैशाख ११
धरहरासँगै ढलेर बाँचेकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नु भएको छ । आज धरहराको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले श्रेष्ठलाई सम्मान गर्नु भएको हो ।
२०७२ वैशाख १२ गते गएको भूकम्पमा धरहरा ढल्दा रमिला धरहराको टुप्पोमा हुनुहुन्थ्यो । उहाँ धरहरा ढलेसँगै भुइँमा बजारिनु भएको थियो ।
धरहरासँगै खसेर घाइते भएकाहरुको सु–स्वास्थ्यको कामना गरिएको छ भने ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । धरहरा पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई प्रधानमन्त्री ओलीले प्रशंसा पत्र दिनु भएको छ ।
