Thursday, May 14News That Matters

नक्कली सुन देखाई सक्कली सुन ठगी गर्ने १ जना पक्राउ

पूर्णपुष्टि, असोज ५ गते ।
नक्कली सुन देखाई सक्क्ली सुन ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको नारायणगढ र भरतपुरका बजार क्षेत्रमा महिलालाई नक्कली सुनको बिस्कुट देखाएर सक्कली सुन ठगाी गर्ने सिन्धुली दुधौली नगरपालिका–१२ (साविक जिनाखु गाविस) का ३९ वर्षीय विर बहादुर घिसिङलाई प्रहरीले पक्राउ गरेको हो ।
घिसिङले महिलालाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई ‘तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईलाई मैले सुनको बिस्कुट र नगद रकम दिन्छु’ भनि ललाई फकाई गरी महिलाहरुले लगाएको सक्कली सुनका गरगहनाहरु झुक्काई लाने गरेको प्रहरीले जनाएको छ ।
पीडित महिलाहरुले गरेको गुनासोका आधारमा भरतपुर–१० विरेन्द्र क्याम्पस अगाडिबाट घिसिङलाई नक्कली सुन जस्तो देखिने धातुको पदार्थ र बाहिर एक हजारको नोट र भित्र १० रुपैयाँको नोट राखी एक बन्डल बनाएको रकमसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन जिल्ला अदालतबाट ठगी उद्योग कसुरमा म्याद अनुमति लिएर घिसिङमाथि थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।