Monday, April 20News That Matters

नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गर्ने ४ टिफर र ५ ट्रयाक्टर नियन्त्रणमा

पूर्णपुष्टि, असार २७ गते ।
मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय उर्लाबारीले नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गर्ने ४ टिफर र ५ ट्रयाक्टर नियन्त्रणमा लिएको छ । आइतवार मोरङको केराबारी गाउँपालिका–३ हचुवा खोलाबाट ढुंगा लोड भएको को. १ त ५२५३, मे.१ त ५१०५ र को २ त ७७८२ नम्बरको ट्याक्टर नियन्त्रढामा लिएको हो । दुुवै ट्याक्टरलाई नदीजन्य पदार्थ ढुङ्गा अबैध रुपमा उत्खनन् गरीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यसैगरी, इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ति टोलीले उर्लाबारी नगरपालिका–४ स्थितबाट अवैधरुपमा ढुंगा बोकी लादैँ गरेको अवस्थामा बा.५ख ३८०७, मे.१ख २८२४, प्रदेश १–०२–००१ ख ८६९५, प्रदेश १–०२–००१ ख ८५५२ नम्वरको टिफर र प्रदेश १–०४–००१ त ४२०, प्रदेश १–०१–००१ त ८५३८ नम्वरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।