Saturday, July 18News That Matters

नदीमा डुबेर १ युवकको मृत्यु

पूर्णपुष्टि, बैशाख २० गते । 

कैलालीका भजनीको कान्द्रा नदीमा डुबेर एक युवाको मृत्यु भएको छ । भजनी नगरपालिका–४ झलझलीया निबासी १६ वर्षीय केशब पोखरेलको मृत्यु भएको हो ।

स्थानीय कान्द्रा नदीमा नुहाउने क्रममा एक्कासी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउना साथ तत्काल इलाका प्रहरी कार्यालय भजनीबाट खटेका प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा पोखरेलको शव नदीबाट निकालेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।