Tuesday, June 9News That Matters

भारतमा पनि नयाँ स्वरुपको कोरोना देखियो

पूर्णपुष्टि, पौष १४

बिश्वभरी फैलिन सुरु गरेको नयाँ स्वरुपको कोरोना भाईरसले भारत प्रवेश गरेको छ । छिमेकी मुलक रहेको भारतमा समेत भाईरस प्रवेश गरेको हो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बेलायतबाट फर्किएका ६ जनामा नयाँ प्रकारको कोरोना भाइरस देखिएको पुष्टि गरेको छ । भारतले बेलायतबाट आउने सबै उडानमाथि प्रतिबन्ध लगाएको छ ।

बेलायतबाट देखिएको नयाँ प्रकारको कोरोना भाइरसका संक्रमित बेंगलोर, हैदराबाद, पुनेमा देखिएका हुन् । संक्रमित सबैलाई आइसोलेसनमा निगरानीमा राखिएको छ । मन्त्रालयका अनुसार पोजिटिभ स्याम्पललाई जिनोम सिक्वेन्सिङका लागि प्रयोगशालामा पठाइएको छ ।

पछिल्लो महिनामा मात्रै बेलायतबाट ३३ हजार यात्रु भारत फर्किएका छन् । तीमध्ये १ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ती सबैलाई नयाँ प्रकारको कोरोना देखिएको भने होइन ।