Thursday, May 21News That Matters

नवीकरण शुल्क मिनाह गर्न महासंघको माग

पूर्णपुष्टि, बैशाख १८ गते । 

सञ्चार माध्यमको नवीकरण शुल्क मिनाह गर्न सरकारसँग नेपाल पत्रकार महासंघले माग गरेको छ । कोरोना भाईरस संक्रमणले संकट पैदा गरेकाले यस वर्षको रोयल्टी र नवीकरण शुल्कमा पूरै छुट दिन महासंघले माग गरेको हो ।

बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै महासंघले विभिन्न करमासमेत छुट दिन माग गरेको छ । विद्युत, टेलिफोन र इन्टरनेट महसुल छुट तथा कागजसहितका अन्य प्रेस सामग्री खरिदमा पनि कर छुटसहितको राहत प्याकेज घोषणा गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

कोरोना ग्रस्त क्षेत्रको जिल्लाका फिल्डमा खटिइरहेको पत्रकारलाई तत्काल स्वास्थ्य परीक्षण, बिमा र आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न महासंघले माग गरेको जनाइएको छ ।

महामारीको समयमा सञ्चारगृहले पत्रकारलाई बेतलबी बिदामा राख्ने, हटाउने र समयमै पारिश्रमिक उपलब्ध नगराउने समस्या देखिएकाले समस्या सम्बोधनका लागि सरकारलाई आग्रह गरेको छ ।