
पूर्णपुष्टि, साउन २८ । सुनसरीको इटहरीमा एक डेढ वर्षीया बालिकाको निर्मम हत्या भएको छ। घटनामा संलग्न बालिकाकी काकालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार इटहरी उप–महानगरपालिका–५ का ३० वर्षीय सालिग्राम लुईटेलले आफ्नै भतिजी आईन्सु लुइटेलको हत्या गरेका हुन्। शनिबार अपरान्ह आफ्नै डेरा कोठामा लुईटेलले धारिलो ब्लेडले बालिकाको घाँटी र टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय इटहरीको टोलीले लुईटेललाई घटनास्थलबाटै पक्राउ गरेको थियो। प्रहरीले आरोपित लुईटेलमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। यस जघन्य अपराधले समुदायमा तरंग ल्याएको छ र न्यायको माग बढेको छ।
