
पूर्णपुष्टि, जेठ १७ । म्याग्दीमा एक १३ बर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेको छन् पक्राउ । पर्नेमा मंगला गाउँपालिका–४ सोलडाडा बुकेनी बस्ने ५८ वर्षीय डिल प्रसाद सापकोटा रहेका छन् ।
सापकोटाले ती बालिकालाई सोही ठाउँस्थित चिप्लेटी खोलामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिङ्गातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
