Wednesday, June 10News That Matters

नारमुनी गोल्डकपको चौँथो दिन विदेशी टिम क्याम्रोन बिजयी

पूर्णपुष्टि, असोज १२
आठौँ नारदमुनी गोल्डकोको आज चौथो दिन बिदेशी टिमले जितेको छ । क्याम्रोन देशको एभिनियर क्लवले सुनसरी डिसिटीलाई १ गोलले पराजित गरेको हो । एभिनियरको तर्फबाट ६६ औँ मिनेटमा जर्सि नं २८ का अब्दुल्लले १ गोल गरी टिमलाई बिजयी बनाएको हो । पहिलो हाफमा कुनै पनि टिमबाट गोल नभएपछि दोस्रो हाफमा दुवै टिमले गोलको संघर्ष गरिरहेका थिए । क्याम्रोनको तर्फबाट हानिएको गोलनै जितको निर्णय बन्न पुगेको हो । डिसिटी क्लव नारदमुनी गोल्डकपको दुई पटक बिजेता टिम हो । यो पटक भने क्याम्रोन सँग पहिलो खेलमै हार्न पुगेको हो ।