Thursday, May 7News That Matters

निःशुल्क स्वास्थ्य शिविर संचालन

पूर्णपुष्टि, फागुन ६ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले मुख तथा दाँत सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । विश्व मुख स्वास्थ्य दिवशको अवसरमा नेपाल डेन्टल एशोसियशन मोरङ शाखाको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।
आज बिहान ११ बजे देखी १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा संचालित एक दिने स्वास्थ्य शिविरमा ११६ जना प्रहरी कर्मचारीहरु लाभान्वित भएका छन् । शिविरमा उपस्थित प्रहरी कर्मचारीहरुलाई मुख तथा दातलाई कसरी स्वस्थ्य राख्ने भन्ने सम्बन्धमा डा.मिरा आचार्यले जानकारी गराउनु भएको थियो ।