
पूर्णपुष्टि/उदयपुर, असोज २ ।
जिल्ला समन्वय समिति, उदयपुरका निवर्तमान प्रमुख खड्गबहादुर दर्नालको मृगौला प्रत्यारोपण सफल भएको छ । उनकी बहिनी प्रमिला दर्नालका अनुसार शहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा आज मृगौला प्रत्यारोपन भएको हो । उनलाई श्रीमती बिनिता दर्लानले मृगौला दिएकी हुन् । बरिष्ठ ट्रान्सप्लान्ट सर्जन डा। पुकारचन्द्र श्रेष्ठको नेतृत्वको चिकित्सक टोलीले मृगौला प्रत्यारोपण गरेको हो ।
