
पूर्णपुष्टि, बैशाख २८
उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले मतदातालाई निर्भयका साथ मतदानमा सरिक भई मतदान गर्न अनुरोध गर्नुुभएको छ । उदयपुरमा कसनै किसिमको सुरक्षा खतरा नरहेकोेले मनपरेको उम्मेदवारलार्य मतदान गर्न आग्रह गर्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृत खनालले राजनितिक दल तथा उम्मेदवारलाई मौन अवधिको पालना गर्दै निर्वाचनलाई स्वच्छ निश्पक्ष र भयरहित बनाउन समेत अनुरोध गर्नुभएको छ । जिल्लाभरिका सबै मतदान स्थल तथा केन्द्रमा नयाँ मतदाताको फोटोसहित मतदाता परिचय वितरणको कार्य भईरहेको छ । साथै मतदान स्थल व्यवस्थापनको कार्य समेत भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
