
माघ १८ गते ।
चालु आर्थीक वर्षको छ महिनामा निर्यात बढेको र आयात घटेको एक तथ्याङकले देखाएको छ । भन्सार विभागले तयार पारेको एक तथ्याङले साउनदेखि पुस महिनासम्म २६.१३ प्रतिशतले निर्यात बढेको छ भने ४.०४ प्रतिशतले आयत घटेको देखाएको हो ।
चालु आवको छ महिनामा ६ खर्ब ९४ अर्ब रुपैयाँको सामान आयात भएको छ भने ५७ अर्व २७ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ । गत आवको ६ महिनामा आयात ७ खर्ब २३ अर्ब र निर्यात ४५ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो ।
आयात घट्दा र निर्यात बढ्दा व्यापार घाटामा पनि केही सुधार भएको छ । ६ महिनामा व्यापार घाटा ६.०६ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ कायम भएको छ । त्यस्तै देशको समग्र व्यापार पनि २ दशमलव २६ प्रतिशतले घटेर ७ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँमा झरेको छ ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत र निर्यातको झण्डै ८ प्रतिशत रहेको छ ।
