
पूर्णपुष्टि, माघ १५
जिल्ला निर्वाचन कार्यालय उदयपुरले आयोजना गरेको निर्वाचन सम्बन्धि एक कार्यक्रममा नेकपा उदयपुरका सचिव ईश्वरमणी राउतले नोटअफ डिसेन्ट जनाएका छन् ।
निर्वाचन कार्यालयले आज आयोजना गरेको निर्वाचन कार्यक्रम सम्बन्धमा सर्वपक्षिय तथा सर्वदलीय अन्तरक्रिया कार्यक्रमप्रति असहमति जनाउँदै सचिव राउतले नोटअफ डिसेन्ट जनाएका हुन् । उनले असहमति जनाउदै नोटअफ डिसेन्टमा लेखेका छन् – संसद बिघटन गरिएको बिषयनै असंबैधानिक भएको, अलोकत्रान्त्रिक भएको, निरंकुशता तर्फ धकेलीएको, यो स्वेच्छाचारी कदम भएको हँुदा यो कदम प्रति हाम्रो पाटी नेपाल कम्युनिष्ट पाटी (नेकपा) गोर भत्र्सना गर्दै असहमति जनाउँद छु ।
संसद विघटन असंवैधानिक रहेको भन्दै उनले अहिले घोषणा भएको चुनावको कुनै औचित्य नरहेको बताउनुभयो । ५ बर्षका लागि जनताले निर्वाचित गरेको जनप्रतिनिधिलाई बिचमै बिघटन गर्नु र चुनाव गराउनु देशमा द्धन्द चर्काउनु राज्यको ढिकुटी रित्याउनु हो भन्दै यस बिरुद्ध आफ्नो पार्टी रहेको बताउनुभयो । न्यायलय बाट संसद बिघटनको बैधानिक प्रश्नको निचोड नआईसकेको र निर्वाचन आयोगले नेकपा बैधानिकताको टुंगो लगाई नसकेको अवस्थामा यस्ता निर्वाचन सम्बन्धि गतिविधिको ओचित्य नरहेको बताउनुभयो ।
नेकपा केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज बलदेव चौधरीले कार्यक्रमलाई बिना मौसमको बाजाको संज्ञा दिएका थिए । त्रियुगा नगरपालिकाका मेयर समेत रहेका चौधरीले संसद विघटनले बैधानिकता नपाउने र चुनाव नहुने जिकिर गर्नुभयो । न्यायलयले बैधानिकताको प्रश्नलाई उचित न्याय दिएर जनतालाई निराश नबनाउने आशा ब्यक्त गर्नुभयो । कार्यक्रममा अन्य दलका नेता तथा प्रतिनिधिहरुले बिचार राखेनन् । उनिहरुको सहभागिता नै देखिएन ।
