Tuesday, June 9News That Matters

नेताहरुलाई गायक रवि रिमालको माझी औँला

पूर्णपुष्टि, असार १

गायक रवि रिमालले देशका नेताहरुको परिस्थितिलाई गितमा उतारेको छ । पुराना गायक रिमालले पछिल्लो समय देशको राजनितिक स्थितिलाई सुधारमा दवाव दिँदै नेताहरुलाई ब्याँङ्य गरी गित ल्याएको हो । रिमालले ‘नेताज्यु तिमीलाई माझी औँला’ बोलको गित प्रस्तुत गरेको छ ।

देशमा भईरहेको राजनितिक हर्कतहरु भ्रष्टचार, अन्याय, अत्याचार, मँहगी जस्ता कुरालाई गितले ब्याङुग्य गरेको छ ।

अन्य समयमा मात्र नभई कोरोना जस्तो माहामारीमा पनि नेताहरुले देश लुट्न नछोडेको र जनताहरु भने भोगमरी र रोगमरीमा तड्पीरहेको अवस्थालाई नियाल्दै यो गित प्रस्तुत गरेको गायक रिमालले बताए । गीतमा उनलाई र्याप गायनमा आयुस प्रतिक अधिकारीले साथ दिएका छन् । गीतमा शब्द, संगीत, संगीत संयोजन तथा म्युजिक भिडियो निर्देशन गायक रिमालकै रहेको छ ।

सँधैजसो रोमान्टिक र डान्सिङ गीत गाएर दर्शक श्रोतालाई मनोरञ्जन दिंदै आएका गायक रिमालले यसपाली केही फरक गीत ल्याएका हुन् ।  गीतमा रोग, भोक अनि शोकमा डुबेका तीन करोड नेपालीको पीडा पनि छ । सुमनकुमार श्रेष्ठको छायाँकन रहेको भिडियोलाई फराज अर्पनले सम्पादन गरेका हुन् ।