पूर्णपुष्टि, पुष १६ । उदयपुरको गाइघाटमा सम्पन्न नेपाल मगर संघ प्रदेश नं १ को दोस्रो अधिवेशनले तेज बहादुर अले मगरको अध्यक्षतामा नयाँ कमिटि चयन गरेको छ । शुक्रवार सम्पन्न अधिवेशनले तेज बहादुर आले मगरको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमितिमा कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमिति तेज बहादुर आले मगरको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जस अन्तरगत प्रथम उपाध्यक्ष राजु खप्तरी मगर, उपाध्यक्ष दिलिप राना मगर, महिला उपाध्यक्ष र्हक मायाँ मगर, मुख्य सचिव शरण थापा मगर, सचिव महिला पार्वती पिठाकोटे मगर, संगठन सचिव लेकेन्द्र राना मगर, सचिव सञ्चार चेत बहादुर राना मगर, सचिव विदेश लक्ष्मण आले मगर, कोषध्यक्ष चन्द्र पुलामी मगर, सह–कोषध्यक्ष कविता थापा मगर रहेका छन् ।
महिला सदस्याहरु सकुन्तला पुलामी मगर, बबिता थापा मगर ज्ञानीमायाँ मगर, पुनम मास्की मगर, शान्ति आले मगर, सृजना थापा मगर, सुनिता समाल मगर रहेका छन् । यता पुरुष सदस्यहरुमा दिर्घ बहादुर बुर्जा मगर, दान बहादुर थापा मगर, महेश कुमार मगर, झकड बहादुर राना मगर, इन्द्र बहादुर लुङ्गेली मगर, हेम पाँचे मगर, मीन बहादुर राना मगर, भवानी प्रसाद मगर, लेक बहादुर मगर र तिलक बहादुर पुलामी मगर र मानवीर (बिबेक)मगर सांस्कृतिक संघ, जयराम पूर्वछाने मगर नेपाल बौद्ध सेवा समाज ९उदयपुर० लगाएत ३७ जना सदस्य रहनु भएको छ ।
नयाँ कार्यसमितिमा उपस्थित सबै जिल्लाबाट एक महिला सदस्य दुई पुरुष गरी ३७ जनाको नयाँ कार्यसमिति गठन गरीएका थिए सबै भुगोलको सहभागितामा २६ सदस्य सहित केहि जिल्लाको सदस्य थप हुने गरी अधिवेशनले ३७ सदस्य नयाँ कमिटी गठन गरेको नेपाल मगर संघले उदयपुरहो । केन्द्रिय सह अध्यक्ष गंगा थापा मगरको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा प्रदेश न। १ का १४ जिल्लाका मगर समुदायको सहभागिता रहेको थियो ।
