
पूर्णपुष्टि, बैशाख २४ गते ।
कोरोना भाइरस (कोभिड–१९) को अणुवांशिक (जिन) को अध्ययन नेपालमा हुने भएको छ । कोरोनाको विभिन्न जिन रहेकाले अध्ययनबाट नेपालमा रहेको जिन पत्ता लगाइने छ ।
यसका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरिसकेको छ ।
नेपालमा आएको जिन कस्तो प्रकारको हो भनेर अध्ययन गर्न थालिएको नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले जनाएको छ । अरू देशमा महामारी फैलिएको र बिरामीको मृत्यु भईरहे पनि नेपालमा संक्रमितको अवस्था सामान्य रहेकाले जिनको अनुसन्धान गर्न थालिएको जनाईएको छ ।
अध्ययनका लागि भाइरोलोजीमा काम गरिरहेका जिन विज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल गरिएको छ । अहिलेसम्मको नेपालमा कोरोनाको लक्षणविना नै संक्रमण देखिएकाले अध्ययनपछि पुष्टि हुने जनाईएको छ ।
संक्रमितहरूकै स्वाब र रगतबाट जिनको प्रकार पत्ता लगाउने परिषद्ले जनाएको छ । अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारत र अन्य देशमा रहेको जिन छ वा छैन भनेर पनि पत्ता लगाइने जनाईएको छ । यसबाट कोरोना उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने जनाईएको छ ।
