
पूर्णपुष्टि, जेठ १२ गते ।
अज थप २४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् यो सँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १ सय ११ पुगेको हो ।
पाटन अस्पतालमा उपचार गराईरहेका मध्ये ५ जना कोरोना संक्रमित ९–१० दिनको विचमा निको भएर घर फर्किका छन् । डिस्चार्ज हुनेहरुमा धनुषा, काठमाण्डौँ, धादिङ, दाङ र वर्दियाका १÷१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै टेकु अस्पतालमा उपचार गराईरहेका मध्ये सलाहीका एक जना डिस्चार्ज भएको जनाईएको छ ।
नारायणी अस्पतालमा उपचार गराईरहेकामध्ये वीरगन्ज–३, छपकैया एक शिशु, ३ देखि १३ वर्ष उमेर समूहका ३ बालिका, ३ देखि १५ वर्ष उमेर समुहका ६ जना बालक, ३२ देखि ६२ वर्ष उमेर समुहका ४ जना महिला र ३७ देखि ६६ वर्ष उमेर समुहका ४ जना पुरुष डिस्चार्ज भएको जनाएको छ ।
