Monday, June 22News That Matters

नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ ३१ गते ।

आज नेपालमा थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ सय ४७ जना पुरुष र ३६ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित आज थप ३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुने ९ सय १२ पुगेको छ ।

कोरोनाबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ पुगेको मन्त्रालयले जनाएको छ ।