Wednesday, June 10News That Matters

नेपालमा थप ३२ जना कोरोना संक्रमित पुष्टि

पूर्णपुष्टि,वैशाख २४ । पछिल्लो २४ घण्टा उता नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १९६४ जनाको नमूना परीक्षण गरिएकोमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै देशभर सक्रिय कोभिड संक्रमितको संख्या १३३ जना पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये २० जना संक्रमित संस्थागत आइसोलेशनमा ८ जना आइसियु र एकजना भेन्टिलेटरमा उपचाररत छन्।