
पूर्णपुष्टि, असार १४
आज नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ६३ जनामा सङ्क्रमण पष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये ३ हजार १३ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको जनाएको छ । अहिलेसम्म नेपलामा संक्रमणबाट २८ जनाको मृत्यु भएको छ ।
