
पूर्णपुष्टि, साउन ३
नेपालमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ३ जना उपचारपछि निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै उपचारपछि निको हुनेको संख्या ११ हजार ६ सय ३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
देशको विभिन्न अस्पतालको आईसोलशनमा ५ हजार ८ सय २५ जना विरामी उपचाररत हरेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण ४० जनाको मृत्यु भईसकेको छ ।
