Thursday, June 18News That Matters

नेपालमा भित्रियो ९ महिनामा १७ करोडभन्दा बढीको पापड

पूर्णपुष्टि,बैशाख ९ । चालु आर्थिक बर्ष २०७९–८० को ९ महिनामा १७ करोडभन्दा बढीको पापड नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैतसम्म १७ करोड ७८ लाख रुपैयाँ बराबरको पापड आयात भएको हो ।

विभागका अनुसार ९ लाख ७९ हजार किलोग्राम बराबरको पापड आयात भएको छ भने पापड ल्याउँदा आयात कर्ताले ९ करोड ४० लाख रुपैयाँ राजश्व सरकारलाई बुझाएको छ । नेपालमा आयात हुने सबै पापड दक्षिण छिमेकी मुलुक भारतबाट ल्याईने गरिएको छ भने नेपालदेखी पनि पापड वेदेशर्फ निर्यात हुने गरेको छ । नेपालबाट पापड, दालमोट र भुजियाका रुपमा एकमुष्ट २१ करोड रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।