Friday, May 22News That Matters

नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगको सेमिफाईनल खेलमा टस हारेर ब्याट्रिङ गरेको नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ । बर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाउँदै २८१ रन जोडेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालका लागी कप्तान रोहित पैडेलले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ९४ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ९५ रन जोडेर आउट भएका थिए ।कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए । कुशलले ४४ बलमा समान ४ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन जोडे। ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी भयो ।

भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए । करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे। कुवेतका बलर मोहमद अस्लाम र एडनान इड्रेसले समान ३–३ विकेट लिए ।