Sunday, June 28News That Matters

नेपाली सेनाले उदयपुरमा निर्माण गरयाे बाह्रै महिना तरकारी उत्पादन हुने ग्रिन हाउस

पूर्णपुष्टि, पुस ३ गते ।

नेपाली सेनाले आफ्ना भुतपूर्व सैनिकहरुको आय आर्जन बृद्धिको लागि ग्रीन हाउस निर्माण गरेको छ । मौसमी तथा बेमौसमी विभिन्न किसिमका तरकारीखेती गरी भूतपूर्व सैनिकहरुको आय आर्जनमा बृद्धि गर्ने उद्देश्यले त्रियुगा नगरपालिका वडा १३ असारीमा १० वटा ग्रिन हाउस निर्माण गरेको हो ।

नेपाली सेनाको सिघ्र प्रभाव आयोजना अन्तर्गत १० लाख बजेटमा ग्रीन हाउस निर्माण गरि भुतपूर्व सैनिक सहकारी संस्था, उदयपुरलाई हस्तान्तरण गरिएको छ । ग्रीन हाउस निर्माण सम्पन्न भएसंंगै एक समारोहकाबीच नेपाली सेनाको पूर्वी पृतनापती सन्तोष कुमार ढकालले सहकारी संस्थालाई हस्तान्तरण गर्नुभयो ।

भूतपूर्व सैनिकहरु विदेश पलायन हुनु नपरोस्, स्वदेशमै रोजगारको वातावरण सिर्जना गर्दै लैजाने उद्देश्यका साथ ग्रिन हाउस निर्माण गरेको पूर्वी पृतनापती ढकालले बताउनुभयो । ग्रीन हाउसमा १२ महिना नै बेमौसमी तरकारी खेती गर्न सकिने जनाईएको छ ।

ग्रीनहाउसमा थोपा सिंचाइका लागि पाँचवटा मोटार जडित ट्याङ्किसहित अत्याधुनिक सिचाईको व्यवस्था गरिएको छ । भूपू सैनिक सहकारी संस्थाले २०७२ साल माघ २२ गतेबाट पाँच बिगाहा १० कठ्ठा जग्गा २१ वर्षका लागि भाडामा लिएको हो । उक्त ठाउँमा यसअघि देखि नै गाईपालन सञ्चालनमा रहेको छ । सहकारीले करिब एककरोडको लगानी गरेर गाई पालन ब्यवसाय शुरु गरेको र हाल उन्नत जातका गाईबाट दूध उत्पादन गरी बजारमा विक्री गर्दै आएको छ ।

अव ग्रिनहाउस निर्माण भएपछि हरियो तरकारी तथा फलपूmलसमेत उत्पादन गरीने सहकारीका अध्यक्ष खड्गबहादुर चाम्लिङले बताउनुभयो । भुपू सैनिकहरुले उत्पादन गरेका सबै उत्पादनहरु अर्गानिक हुने र उपभोक्ताका लागि स्वस्थ्यकर हुने उहाँले बताउनुभयो । प्रशस्त तराकारी उत्पादन जिल्ला मात्र नभई बाहिरसम्म निर्यात गर्ने लक्ष लिइएको उहाँले बताउनुभयो ।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चाैधरीले सेनाकाे उक्त कामकाे उच्च मूल्यांकन गर्दै गाइघाट बजारमा ब्यवस्थित मासु काट्ने ठाउँ (गाेसखाना) बनाइ सञ्चालन गर्न सहकारीले प्रस्ताव ल्याए ४० लाख बजेट अनुदान दिने बताउनुभयाे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुखहरूकाे उपस्थिति थियाे ।

तस्विरहरू ः