Thursday, June 25News That Matters

नेशनल लाईफ इन्स्योरेन्स कटारी शाखाद्धारा मृतक परिवारलाई १० लाख बढीको चेक हस्तान्तरण

पूर्णपुष्टि, माघ २१
नेशनल लाईफ इन्स्योरेन्स कटारी शाखाले मृतक परिवारलाई कम्पनी नियम अनुसार रकम हस्तान्तरण गरेको छ । शाखाले करिब १० लाख बढी चेक रकम मृतक परिवारलाई बिहिबार हस्तान्तरण गरेको हो ।
३१ बर्षिय बलबहादुर राय क्षेत्रीले केहि बर्ष अघि कम्पनीमा ५ लाख बराबरको बाल अमृत बिमा गरेका थिए । सोही बापत कटारी शाखाले १० लाख ७४ हजार ६ सय ६७ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको शाखा प्रमुख भक्त श्रेष्ठले जानकारी दिए । मृतक परिवार, आफन्त र स्थानीय जनप्रतिनिधिको रोहबरमा कम्पनीको शाखा कटारीले सो रकम उपलब्ध गराएको थियो ।
मृतक परिवार छिमेकी जिल्ला सिन्धुलीको दुधौली नगरपालिका बडा नम्बर ५, सिर्थौलीका ३परिवारलाई सम्पर्क गरी रकम हस्तान्तरण गरिएको कटारी शाखाले जनाएको छ।