Sunday, June 28News That Matters

नोबेल अस्पतालमा कोरोनाबाट थप २ जनाको मृत्यु

पुर्णपुष्टि,असोज २०

विराटनगरंको नोबेल अस्पतालका आइसोलेसनमा उपचाररत थप दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष र रतुवामाई नगरपालिका ८ का ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

रतुवामाईका पुरुष मधुमेहका दीर्घ रोगीसँगै ज्वरो, निमोनिया र टाइफाइड भएपछि असोज १३ गते उपचारका लागि अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ ।

अस्पताल भर्ना भएलगतै स्वाब परीक्षण गरिएको थियो । उनको कोरोना रिपोट पोजेटिभ आएपछि उनलाई आईसीयूमा राखेर उपचार गर्दा गर्दै आज बिहान साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

क्यान्सर रोगबाट पीडित कानेपोखरीका पुरुषलाई ज्वरो आएपछि हिजो उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको र भेन्टिलेटमा राखेर उपचार गर्दासमेत बचाउन नसकिएको जनाइएको छ ।