
पूर्णपुष्टि, बैशाख २५ । इंगलिस प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलले न्युकासल युनाइटेडमाथि जित निकालेको छ । आर्सनलले जितसँगै शिर्ष स्थानको सिटीसँग अंक दुरी एकमा घटाएको छ ।
आइतबार राति न्युकासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा आर्सनलले ०–२ गोलमा जित हासिल गरेको हो । खेलको १४ औं मिनेटमा जर्गिन्होको असिस्टमा कप्तान मार्टिन आडेगार्डले गोल गर्दै आर्सनललाई आग्रता दिलाएका थिए भने एक गोल उपाहार पाएको थियो । खेलको ७१ औं मिनेटमा ओडेगार्डको प्रहारलाई जोगाउन खोज्दा फावियन सारबाट आत्मघाती गोल भएको थियो ।
जितसँगै आर्सनलको ३५ खेलबाट ८१ अंक भएको छ भने एक खेल कम खेलकोको म्यान्चेष्टर सिटीको ८२ अंक छ । आर्सनलसँग हारेको न्युकासलको ३४ खेलबाट ६५ अंक सहित तेस्रो स्थानमा छ भने म्यान्चेष्टर युनाइटेड ३४ खेलबाट ६३ अंकसहित चौथो स्थानमा छ । अब लिगमा सिटीले चार र आर्सनलले तीन खेल खेल्न बाँकी रहँदा उपाधि होड रोमाञ्चक बनेको छ ।
