Monday, May 4News That Matters

न्युनतम सेवा सुविधा सुधार मुल्याङकनमा कटारी अस्पत्ताललाई ८० अंक प्राप्त

पूर्णपुष्टि, २९ असार ।
कटारी कटारी अस्पत्तालले न्युनतम् सेवा सुविधामा सुधार गरेको छ । नगर अस्पत्तालको सेवा मापदण्ड लेखाजोखा मूल्याकंन गर्दा कटारी अस्पत्तालले ८० प्रतिशत सेवा दिईरहेको पाईएको हो । प्रदेश र केन्द्र सरकारको स्वास्थ्य क्षेत्रका जानकारहरुले मापदण्ड बमोजिम लेखा जोखा गर्दा ८० प्रतिशत सेवा दिईरहेको पाईएको हो ।

लेखाजोखाको मापदण्ड बमोजिमको निरिक्षण गर्न केन्द्र सरकार मातहतबाट मदन भण्डारी ट्रमा सेण्टरका मेडिकल सुपरिटेण्डेट रवि साहको नेतृत्वमा प्रदेश अन्तर्गतका स्वास्थ्यकर्मीहरु अस्पत्ताल आईपुगेका थिए ।मापदण्ड बमोजिम अनुगमन गर्दा कटारी अस्पत्तालले ८० नम्बर प्राप्त गरेको कटारी अस्पत्तालका व्यवस्थापन समिति सदस्य पवन श्रेष्ठले बताउनुभयो ।

शूक्रबार एक कार्यक्रमका वीच प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यो सुधार ल्याउन अस्पत्तालका कार्यालय सहयोगी देखि लिएर मेडिकल सुपरिटेण्डेड र व्यवस्थापन समिति लगायतको सवैको मेहनतले यो सफलता हासिल भएको बताउनुभयो । अस्पत्ताललाई यहाँ सम्म ल्याउन सफल भएकोमा सवैलाई मेयर श्रेष्ठले धन्यवाद समेत दिनुभयो ।
त्यसैगरी कटारी नगरपालिकाले शिक्षा , स्वास्थ्य र कृषिलाई प्राथमिकतमा राखेको बताउँदै मेयर श्रेष्ठले सवै शाखाको बजेट घटाएर वडा पठाउँदा पनि अस्पत्तालको बजेट बढाएको बताउनुभयो । कटारी अस्पत्तालले नै कटारी नगरपालिकाको गौरव बढाउने भएकाले यसको सुधारमा सवैजनाले ध्यान दिनुपर्ने बताउनुभयो ।

अस्पत्ताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का अध्यक्ष भूपेश लामाको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि कटारी नगरपालिकाका उपमेयर गिता खड्का , प्रमुख प्रशासकीय अधिकृत अनिल किराती , ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी रविन कार्की , अस्पत्तालका मेडिकल सुपरीटेण्डेट डा।गौरव साह , वडाध्यक्षहरु ३ का पुष्कर खड्का , ७ का सुविन ढुंगानाका साथै अस्पत्तालका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।