
पूर्णपुष्टि, ७ पुष ।
नेपाल पत्रकार महासंघ, शाखा उदयपुरको नवनिर्वाचित कार्य समितिको आज पदस्थापन भएको छ ।
निवर्तमान अध्यक्ष भरत खड्काले नवनिर्वाचित अध्यक्ष भक्तिविलास पोखरेलले बरबुझारथ सहित पदहस्तान्तरण गरे । आजैबाट कार्यालयमा नवनिर्वाचित अध्यक्ष पोखरेलले पदभार ग्रहण गर्दै कार्यकाललाई पत्रकारिताको ब्यवायिकता र मर्यादामा रहेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
