Saturday, June 6News That Matters

लागुऔषाध सम्बन्धी उदयपुरमा प्रहरीको सचेतनामुलक कार्यक्रम

पूर्णपुष्टि, ७ पुष ।
समाजमा लागू औषध दुब्र्यसन र त्यसको नियन्त्रणलाई मध्येनजर गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न सचेतना मुलक कार्यक्रमगर्दै आएको छ । प्रहरीले पछिल्लो छ महिनामा टोल विकास,आमासमुह, युवा समुह, विद्यालयहरुमा ७१ वटा सचेतनामुलक कार्यक्रमहरु गरेको छ ।

यसै क्रममाआज“ लागु औषध मुक्त समाज निर्माणमा विद्यार्थीहरुको भुमिका”विषयक बक्तृत्वकला प्रतियोगिता गरेको छ । जिल्लाप्रहरी कार्यालयको आयोजना तथा त्रियुगा नगरपालिकाको सहयोगबाट जिल्ला समन्वय समितिको हलमा भएको प्रतियोगितामा क्यानभास सेकेन्डरी बोर्डिङ स्कुलकी जेनिषा कार्की प्रथम, राष्ट्रिय मावि बगाहाका नम्रता दाहाल द्वितिय र बालमन्दिर मा.वि. बोक्सेकी मनिषा चौधरी तृतिय भइन् ।
उदयपुरमा पछिल्लो छ महिनामा लागुऔषध सम्बन्धी ३५ मुद्दामा ६१ जन ापक्राउ गरी कारवाही चलाइएको प्रहरीले जनाएको छ ।