
पूर्णपुष्टि, ७ पुष ।
उदयपुरको सदरमुकाम गाईघाटलाई सुरक्षित गर्न बैँकहरुले १४ थान सिसि क्यामेरा प्रदान गरेको छ । उदयपुर स्थित विभिन्न बैंकहरुले शान्ति सुरक्षामा टेवा पुर्याउन सिसि टिभि क्यामेरा १४ स्थानका लागि आईतबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई हस्तान्तर गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुर र त्रियुगा नगरपालिकाको समन्वयमा राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, सिद्धार्थ, सानिमा, ग्लोबल आइएमइ र लक्ष्मी बैंकले संयुक्त रुपमा प्रदान गरेको हो । तीनलाख ८३ हजार रकम बराबरको सामान प्रदान गरेको हो ।
सदरमुकाम गाईघाट क्षेत्रमा पहिले जडान गरेका सिसि क्यामेराहरु विग्रेकाले शान्ति, सुरक्षातथा अपराध अनुसन्धानमा टेवा पुर्याउन बैंकहरुले सहयोग गरेका हुन् ।
