Monday, June 29News That Matters

पत्रकारलाई बाँकी पारिश्रमिक तत्काल दिन महासंंघको माग

पूर्णपुष्टि, बैशाख ११ गते । 

श्रमजीवी पत्रकारलाई बेतलवी विदामा बस्न दवाव नदिन र बाँकी पारिश्रमिक तत्काल भुक्तानी गर्न नेपाल पत्रकार महासंघले गर्न आग्रह गरेको छ । श्रमजीवी पत्रकारलाई विदामा बस्न दवाव दिएको र केही संचारगृहले लामो समयदेखि पारिश्रमिक नदिएको भन्दै महासंघले यस्तो आग्रह गरेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमकाबीच पत्रकारहरुले आफ्नो कर्तव्य निर्वाह गरिरहेकाले अग्रभागमा रहेर काम गरिरहेका पत्रकारहरुको ¥यापिड टेस्टसहित परीक्षणको व्यवस्था मिलाउन बैठकले नेपाल सरकारसँग माग गरेको छ ।

श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्न महासचिव विष्टको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।

अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै पत्रकार र सञ्चार प्रतिष्ठानको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने महासंघले जनाएको छ ।

कोरोना संक्रमणको उच्च जोखिम मोलेर नागरिकलाई सुसुचित गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न पनि महासँघले आह्वान गरेको छ ।