
उदयपुर, बैशाख, २२
बरिष्ठ पत्रकार तथा पत्रकार सेनानी कौशल चेम्जोङले अहिले जनताहरुमा पत्रकारीताको भ्रम फैलिरहेको बताउनुभएको छ । उहाँले सामाजिक संञ्जाल र पत्रकारीतामा विल्कुलै फरक रहेको भन्दै यसमा भ्रम नपर्न आग्रह गर्नु भयो ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पूर्णपुष्टि लाइभ सम्बाद मार्फत सम्पूर्ण विश्वभरीका पत्रकारहरुलाई शुभकामना दिदै उहाँले पत्रकारीताको चुनौती, सुचनाको प्रकार र माध्यमहरुको बारेमा प्रष्ट पार्नुभएको छ ।
चेम्जोङले अहिले मान्छेहरु बिभिन्न माध्यमबाट सुचना दिन्छ तर त्यो सबै सत्य तथ्य नहुने उहाँले बताउनुभयो । र त्यस्तो सुचना दिने सबै माध्यमहरु पत्रकारीताको माध्यम नहुने समेत उहाँले बताउनुभयो ।
युट्यव तथा समाजिक सञ्जाल सँग सम्बन्धित फेसबुक, स्काइप, भाइबर, पेज, जस्ता सबै माध्यमहरुले दिएको सुचना सत्य तथ्य नहुने र सबै गलत पनि नहुने हुदा त्यस्तोलाई पत्रकार भन्न नमिल्ने र यस बारे नागरिकहरुले बुझ्नु पर्ने उहाँले बताउनुभयो ।
उहाँले पत्रकारीताको सुचना लेन देनमा आफ्नै शैली र सुत्र रहेको भन्दै पत्रकारहरु मेहनत र स्रोतको आधारमा समचार लेख्ने पेशा रहेको बताउनुभयो ।
कतिपय कुराहरु सहि नै भएपनि सामाजिक संजालमा कति भने भ्रम पूर्वक र सत्य तथ्य नहुने हुदा यसले समाजमा नकरात्मक असर गर्ने बताउनुभयो । सहि समचारले त राम्रो नै भयो तर एउटा नराम्रो समचार र सुचनाले समाजलाई आतंक मच्याउने स्थितिमा पुराउने उहाँले बताउनुभयो । हाम्रो समाजमा केही बुझ्ने व्यक्तिहरु पनि फेसबुके कुरामा लागेर गलत बुझाइमा परेको बताउनुभयो ।
धेरै सामाजिक संञ्जाल प्रयोगकर्ता मानिसहरु कुनै आधार विना सुचना दिने गर्ने हुदा मनोरञ्जनको लागि गालीगलोज र अरुका चरित्र हत्या गर्ने समेत पाइने उहाँको भनाई छ ।
उहाँले सबै पत्रकारहरुले सहि नै सुचना दिन्छ भन्ने पनि नहुने र उसको क्षमता र सिकाइले पनि पत्रकारहरु बाट कहिले भ्रमिक समचार फैलिने कुरामा पनि स्वीकार गर्नुभयो ।
विश्व माहामारी कोरोनाको प्रसंगलाई जोडेर उहाँले पत्रकार पनि एक समाज सुचिचितको अंग रहेको बताउँदै उहाँले यसमा आफ्नो दायित्व र जिम्मेवारीलाई यो अवस्थामा पूर्ण पालनाका साथ कार्यमा लाग्नु पर्ने बताउनुभयो ।
यतिवेला पत्रकारहरुले गर्ने कार्यहरु थुप्रै रहेको बताउनुभयो । सहि सुचना दिने, हौसाला पूर्वक सुचना, सचेतमुलक सुचना, र जनताहरुलाई सहि समचार संप्रेसन गरी लकडाउनमा बाहिरको, देशको र विश्वको स्थितिको बारेमा जानकार राख्न यो वेला पत्रकारहरुले ठुलो भुमिका खेल्न सक्ने बताउनुभयो ।
पत्रकारहरु यो वेला सहि सुचनाको पात्रो बन्नु पर्ने र सुचनाको निहुमा त्रासमय सुचनाहरु सामाजिक संञ्जालहरुमा भाइरल नबनाई जे समस्या वा स्थिति हो त्यहीलाई मात्र लेख्नु पर्ने, सुनाउनु पर्ने, भन्नु पर्ने र देखाउनु पर्ने उहाँले बताउनुभयो ।
उहाँले नागरिकहरुलाई पनि सहि स्रोतको सुचनाहरु तथा आधिकारी सुचनाहरु मात्र लिन अनुरोध गर्नुभयो । सामाजिक संञ्जालहरु कुनै तालिम विना, पत्रकारीताको ज्ञान विना, शैली विना स्थलगत अनुगमन विना नै व्यक्ति बिषेश स्रोतको पात्र रहेकाले भ्रमपूर्ण समचार सुनेर, पढेर, हेरेर सामाजिक संञ्जाल र पत्रकारलाई एउटै स्थरमा नहेर्न समेत आग्रह गर्नुभयो ।
