Monday, April 20News That Matters

पम्पप्लेट बाट कोरोना सम्बन्धि चेतना फैलाउँदै ट्राफिक प्रहरी

गाईघाट/बैशाख, ७

जिल्ला ट्राफिक कार्यलय उदयपुरले लकडाउनको पूर्ण पालनालाई सहयोग पुराउन पम्प्लेट मार्फत पनि जनताहरुलाई सचेत गराइरहेको छ ।

विश्वमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रणमा अहिले आआफ्नै तहबाट चेतनाको विकास गराइ यसको नियन्त्रणमा सफल हुन सबै पक्षहरुको उत्तिकै भुमिका छ । जनताहरुले केहि गर्नु पर्दैना मात्र घर भित्र वसे यसको पूर्ण पालना हुने भन्दै ट्राफिक कार्यलयले यस्तो कार्य सुरु गरेको हो ।

लकडाउनमा पनि सर्वसाधरणहरु हिँडडुल गर्ने भिँडभाँड गर्ने र लापर्वाहि गर्ने देखिएपछि प्रहरीले मौखिक रुपमा सम्झाइ बुझाई गर्दा समेत यसको पालना नभएको भन्दै लिखित रुपमै जनताहरु सामु यसको प्रचार फैलाउने कार्य भइरहेको जिल्ला ट्राफिक कार्यलय उदयपुरका इन्चार्ज होम प्रसाद खनाल बताउनुभयो । जनताहरुलाई भनेर नभएपछि पढेर पढाएर अनुभव सहित सचेत गराई लकडाउनको पूर्ण पालनामा सहयोग पुराउन ट्राफिक प्रहरीले यो अभियान सञ्चालन गरेको खनालले बताउनुभयो ।

पम्प्लेटमा बाँचौ, बचाउ र बाँच्न देउ, बाहाना बनाएर सडकमा नआउ, कोरोनालाई विश्वबाटै धपाऔँ, बाहिर नजाऔ कोरोनाले माया गर्दैन जस्ता सचेतनामुलक कुराहरु उल्लेख गरिएको छ ।

खनालका अनुसार गाईघाटको मुख्य चोक तथा स्थानहरुमा यसका अभियान संञ्चालन गरिएको छ । पिपलचोक, मेनचोक, बस पार्क, मोतिगडा, गैरुन, असारी बोक्से, लगाएतका ठाउँहरुमा यो अभियान संञ्चालन गरिएको छ भने ट्राफिक कार्यलयको माताहतमा रहेको अन्य स्थानहरु बेल्टार, रामपुर, कटारी, जलजले लगाएतका ठाउँहरुमा पम्प्लेट नै राखि यो अभियान संञ्चालन गरिएको हो ।

ट्राफिक प्रहरीले कोरोनाको उच्च सतर्कता र नियन्त्रणमा आफ्नो कार्यहरु प्रहरी सँगको सहकार्यमा गर्दै आएको छ । लकडाउनको बेला अनावश्यक रुपमा चलेको सवारी होल गराउने र नियन्त्रणमा लिने सर्वसाधरणहरुलाई चेतना गराउने जस्तो कार्यहरु बिषेश रुपमा ट्राफिक प्रहरीले पनि प्रहरी सँगै गर्दै आएको खनालले बताउनुभयो ।

उहाँले ट्राफिक प्रहरीले गाउँ टोल, वस्तिहरुमा माइकिङ गरेर पनि तिब्र रुपमा जनताहरुलाई कोरोना सम्बन्धि सचेत गराइरहेको समेत बताउनुभयो । खनालले लकडाउनको वेला अनावश्यक सवारी नचलाउन, बाहिर ननिस्कन र लकडाउनको पालना गरी कोरोनालाई चाँडै पन्छाउन सबै नागरिकहरु सामु अनुरोध गर्नुभएको छ । उहाँले ट्राफिक प्रहरी, प्रहरी र सम्पूर्ण सुरक्षा निकायहरुलाई सहयोग गर्न लकडाउन अवधिभर घरमै बस्न समेत अनुरोध गर्नु भयो ।

फोटो फिचर