
पूणर्पुष्टि, साउन १९
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा गएको पहिरोमा बेपत्ता भएका ७ जना मजदुरको शव भेटिएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ७ जनाको शव भेटिएको हो । एक जना भना भने अझै बेपत्ता रहेको छ । बेपत्ताको खोजि कार्य भइरहेको छ ।
बेपत्ता हुनेहरुमा कभर्ड हल निर्माणमा खटिएका मजदुर रहेको प्रहरीले बताएको छ । उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ । पहिरोले कभर्ड हलको आधा भाग र मजदुर बस्ने टहरो पूरै पुरेको पनि प्रहरीले जानकारी दिए ।
सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी बताउनुभयो ।
