Friday, May 22News That Matters

पहिरोले अवरुद्ध १० सडक खण्ड अझै खुल्न सकेन

पूर्णपुष्टि, भदौ २१

बाढी र पहिरोले अवरुद्ध भएका १० वटा सडक खण्ड अझै खुल्न सकेको छैन । अहिले ९१ वटा सडक खण्ड एकतर्फी खुलेको छ ।

यी सडकखण्ड सञ्चालनमा आउन अझै समय लाग्ने सडक विभागले जनाएको छ । १० वटा सडकखण्डमा कतै सडक नै बगाएको छ  भने कतिपय ठाउँमा अझै पहिरो खसिरहेकाले सडकखण्ड खुलाउन समस्या भएको जनाईएको छ ।
साँफेबगर मार्तडी सडकखण्ड २ महिनादेखि बन्द छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड प्रयास गर्दा गर्दै पनि खुलाउन नसकिएको सडक विभागले जनाएको छ ।
यो सडकखण्डको अम्कोट, ताप्रीसेरा, घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ । पहिरोका कारण बन्द भएको बेशी शहर चामे सडकखण्ड पनि सञ्चालनमा आउन सकेको छैन । घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको जनाइृएको छ ।