
भदौ २७ गते ।
रोल्पाको थवाङमा पहिरोले घर पुरीदा दुई जनाको ज्यान गएको छ भने चार जना बेपत्ता भएका छन् । थवाङ गाउँपालिकाको छेर्लाबाङमा पहिरोले घर पुरिदा दुई जनाको मृत्यृ भएको हो भने चार जना बेपत्ता भएका हुन् ।
गतराती एक्कासी आएको पहिरोले घर पुरेपछि खीलकुमारी बुढा उनको छोरा असलको ज्यान गएको प्रहरीले जनाएको छ ।
पहिरोमा परि ३६ वर्षीय जय बुढा, ४० वर्षीया मूलज्योति बुढा, १० वर्षया गृष्मा र डेढ वर्षया बालिकासँग चौपाया पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
पहिरो राती खसेको भएपनि नजिक गाउँ घर नभएकाले घटनाको जानकारी विहान मात्रै आएको प्रहरले जनाएको छ । बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
