Sunday, May 17News That Matters

पहिरोले पुरेर मजदुरको ज्यान गयो

पूर्णपुष्टि, साउन ८

पाँचथर हिलिहाङ गाउँपालिका–५ सुभाङ स्थित मध्यपहाडी लोकमार्गमा रोडकै काम गरिरहेका मजदुरको पहिरोले पुरेर ज्यान गएको छ । तेहथुम आठराई गाउँपालिका–५ छातेढुंगा का २७ वर्षीय टिका मोक्तानको ज्यान गएको हो ।

हिजो दिउसो ३ बजे रसुवा कन्ट्रक्सनको मजदुर रहेका मुक्तानको रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अबस्थामा १५ मिटर माथीबाट पहिरो खसेर पुरेको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय अमरपुरबाट प्रहरी टोली खटि गई पहिरोबाट उद्धार गरि निकाल्दा मुक्तानको मृत्यु भइसकेका प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।