Saturday, June 27News That Matters

पहिलो चरणमा मलेसियाबाट ३१ सय ७५ जना नेपाली स्वदेश आउने

पूर्णपुष्टि, जेठ ३२ गते । 

पहिलो चरणमा मलेसियाबाट ३१ सय ७५ जना नेपालीलाई स्वदेश फर्काइने भएको छ । असार २, ४, ६ र ७ गते हुने चार्टर्ड उडानमार्फत फर्कने ३१ सय ७५ नेपालीको नामावली मलेसियामा रहेको नेपाली दूतावासले सार्वजनिक गरेको हो ।

सरकारले तोकेको प्राथमिकता अनुसार दूतावासले सुत्केरी, गर्भवती, बिरामी, सिकिस्त बिरामी परेका पुरुष, अध्ययनका लागि रहेका विद्यार्थी, व्यापारिक तथा पर्यटक भिसामा रहेकाहरु, रोजगारी भिसामा रही भिसा अवधि सकिएका, कोरोनाको कारण रोजगारी गुमाएका, सामान्य रुपमा बिरामी भएको पुरुषहरु, आफन्तको मृत्यु भइ घर फर्कन पर्नेहरु, घर फर्कन चेक आउट मेमो र टिकट लिएर अलपत्र परेका रोजगारी भिसामा रहेका र कम्पनीबाट रोजगारीसहित लामो बिदाको सुविधा पाएकाहरु रहेका छन् ।

सरकारले विदेशबाट घर फर्कने नेपालीले कोरोना जाँचको रिपोर्ट नेगेटिभआएको प्रमाणपत्र साथमा राख्नुपर्छ । मलेसियाबाट चार्टर्ड जहाजमार्फत फर्कने नेपालीले कोरोना जाँच पनि आफ्नै खर्चमा गर्नुपर्छ ।

सात दिनभित्रको कोरोना जाँचको पीसीआर अथवा आरडिटी जाँच आफू नजिकै रहेको निजी क्लिनिक या अस्पतालमा गएर गर्न सकिन्छ । अहिले मलेसियामा कोरोना जाँचको रिपोर्ट आउन २४ देखि ३६ घण्टा लाग्ने गरेको र यसबारेमा थप जनाकारी दिइने मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

पहिलो चरणमा नेपाल अउनेको सुची हेनुस् :