
पूर्णपुष्टि,फागुन १२ । पाँचथरको हिलिहाङ–७ यवा डाँडामा अवस्थित एक घरमा आगलागी हुँदा दुई बालकको मृत्यु भएको छ । शुक्रबार अपराह्न प्रेम पन्थाकको घरमा आगलागी हुँदा हिलिहाङ-५, का स्थानीय श्रण पन्थाकका ५ वर्षका छोरा सेसेहाङ पन्थाक र फिदिम ५ का सन्तोष खातीका ४ वर्षका छोरा निशान खातीको मृत्यु भएको पाँचथरका प्रहरी प्रमुख डिएसपी हरि खतिवडा बताए । उनका अनुसार उनीहरु घटना स्थलमै मृत्यु भएको जनाएको छ ।
परिवारका सदस्य काममा गएका बेला खरले छाएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मृतक दुवैको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ ।
