
पूर्णपुष्टि,फागुन १३ । निर्वाचन प्रक्रिाअन्तरर्गत आज राष्ट्रिपति उम्मेदवारी दर्ता गर्ने भएको छ । कार्यतालिका अनुसार हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरेको थियो । आयोजले उम्मेदवार मनोनयनको लागि बिहान १० बजे देखी दिउँसो ३ बजे भित्र राष्ट्रपतिको लागि मनोनयन कार्यतालिका सार्वजनिक गरेको थियो ।
आयोगको निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गरिने आयोगको तयारी छ ।
राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को तीन सय ३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति मात्र राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् ।
आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । यता नेकपा एमालेले पनि उम्मेदवार तय गर्न सचिवालय बैठक बोलाएको छ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको छ । आज बिहान बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसबारे ठोस निर्णय लिनेछ ।
