
पूर्णपुष्टि, फागुन १०
सुनसरीमा पानी जमेको खाल्डोमा डुबेर एकजना बालिकाको ज्यान गएको छ । जिल्लाको हरिनगरा गाउँपालिका–३ की निलम कुमारी रामकी एक वर्षीया छोरी सुस्मिता कुमारी रामको पानी जमेको खाल्डोमा डुबेर ज्यान गएको हो ।
सोमबार दिउँसो २ बजेको समयमा घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप अनुसान्धान भईरहेको छ ।
