Monday, May 18News That Matters

पार्टी प्यालेर्स बाट खसेर एक जनाको मृत्यु

पूर्णपुष्टि, माघ २३

हेटौँडामा पार्टी प्यालेर्स बाट खसेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिए ।

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टी प्यालेसको पाँच तलाको छतबाट खसेर शुक्रबार बिहान यादवको मृत्यु भएको हो । यादव सोही पार्टी प्यालेर्सको सरसफाई गर्ने स्टाफ हुन् ।

पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।