Thursday, June 11News That Matters

लिम्चुङबुङका सबै जनप्रतिनिधिलाई सपथ ग्रहण

पूर्णपुष्टि जेष्ठ १३
लिम्चुङबुङ गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबार सपथ लिएको छ । नवनिर्वाचित वडाअध्यक्ष, वडा सदस्य र पालिका सदस्यहरु समेतगरी जम्मा २८ जनालाई पालिका अध्यक्ष मेजर कुमार राईले सपथ खुवाएको हो । सो पालिकामा ५ ओटा वडाहरु छन् । सम्पूर्ण नवनिर्वाचित प्रतिनिधिहरु सँगै ६ जना कार्यापालिका पदाधिकारीहरुलाई सपथ खुवाईएको हो । राई स्वयम दोस्रो कार्यलको लागि निर्वाचित पालिका अध्यक्ष समेत हुन् । सपथ सँगै जनप्रतिनिधिहरुले पदवहाली समेत गरेका छन् ।