
पूर्णपुष्टि, फागुन २१ । धनकुटामा पिकअप गाडी दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाख्रीनबास नगरपालिका–१० धनकुटाका रेमन राईको ९ बर्षीया छोरी सँस्कृती राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार शनिबार दिउँसो साढे ३ बजे हिलेबाट चुङबाङ तर्फ जादैँ गरेको को.२ च १६१९ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाबाट घाईते सँस्कृती राईको उपचारको क्रममा जिल्लामा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ८ जना घाईते भएका छन् ।
घाईते धनकुटा नगरपालिका–४ का ३६ बर्षीया देबिका खत्री र १४ बर्षीय अभिनाश खत्रीको सोहि अस्पतालमा उपचार भईरहेको छ भने अन्य पाख्रीबास–१० की २२ बर्षीया रबिका राई, ६० बर्षीया लक्ष्मी राई, ४० बर्षीया सानु आले, धनकुटा–४ की ३७ बर्षीया देवी खत्री, १० बर्षीय अजित खत्री र सुनिता खत्रीको घोपा धरानमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न पिकअप चालक पाख्रीबास१० का ५५ बर्षीय राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
