Friday, May 22News That Matters

पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

पूर्णपुष्टि, साउन २९

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पेरिस सेन्ट जर्मन (पीएसजी) प्रवेश गरेको छ । गतराति भएको खेलमा एटलान्टालाई २–१ ले पछि पार्दै पीएसजी फाईनलमा प्रवेश गरेको हो ।

खेलको २६ औं मिनेटमा एटलान्टाका पासालिगले गोल गरेको थियो ।

खेलको ९० मिनटमा थप गरिएको ३ मिनेटमा पीएसजीका मार्किन्होस र चाउपो मोटिङले गोल गरेर खेल आफ्नो पक्षमा पारे ।

योसँगै पीएसजी २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।