Friday, August 7News That Matters

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-17

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि। नवलपरासी बर्दघाट सुस्तापूर्वका १२ जना, स्याङ्जाका ८ जना, बाग्लुङका ३ जना, गोरखाका ३ जना र कास्की र तनहुँका १÷१ जनामा संक्रमण पुष्टि भएको हो ।

-*-

नेपालमा अज थप ४ सय ८२ जनाका कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

-*-

नेपालमा आज थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

-*-

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो ।

-*-

सिरि ए फुटबलमा युभेन्ट्सले जेनोआलाई ३–१ गोलले पछि पार्दै जित । गतराती घरेलु टोली जेनोआबिरुद्ध सहज जित निकाल्दै युभेन्ट्सले लिग तालिकामा स्पष्ट ४ अंकको अग्रता बनाएको हो ।

-*-

प्रधानमन्त्रि केपी शर्मा ओलीले आज मन्त्रिहरुसँग परामर्श गर्नुभएयो । बिहान आफ्नै निवास बालुवाटारमा उहाँले केही मन्त्रीहरुसँग परामर्श गर्नुभएको हो ।

-*-

आज कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको सय दिन पुगे । गत चैत ११ गतेदेखि देशमा गरिएको लकडाउन आज सय दिन पुगेको हो ।

-*-

अमेरिकामा दैनिक १ लाख कोरोना संक्रमित पुग्ने विज्ञले चेतावनी । अमेरिकाका सङ्क्रामक रोगका वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएकोले दैनिक सङ्क्रमण १ लाख पुग्ने चेतावनी दिनुभएको हो ।

-*-

डोटीमा नवजात शिशुको हत्या गरेको आशङ्कामा एक किशोरीलाई पक्राउ । कैलाली जिल्ला स्थायी घर भई हाल दिपायल सिलगढी नगरपालिका–३ दिपायलको गणेशथानमा सिलाई कटाइ गर्दै आएकी २२ वर्षीया अविवाहित किशोरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

-*-

आज सुनको भाउ फेरी बढे । सुन तोलाको ५ सय बढेर तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको हो । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

-*-

रुकुम पूर्वमा श्रीमतीले चिर्पट प्रहार गर्दा श्रीमानको मृत्यु । सिस्ने गाउँपालिका–२ का रेश्मा बिकले चिर्पट प्रहार गर्दा आफ्नै श्रीमान २३ वर्षीय बिछोड बिकको मृत्यु भएको हो ।

-*-

बेलका नगरपालिका–५ घुम्नेमा जुत्ता चप्पल उद्योग संचालन । स्थानीय भोजराज कटुवालले संचालन गरेको उद्योगको आज नगरका मेयर दुर्गाकुमार थापाले उद्घाटन गर्नु भएको हो ।

-*-

शेयर बजार आज परिसूचक नेप्सेमा उछाल आए । हिजो जस्तै आज पनि तीन पटक सकारात्मक सर्किट ब्रेक लागेको नेप्से ७५.७७ अङ्क (६.१) प्रतिशतले बढेर १३ सय ३६.५२ बिन्दुमा पुगेको छ ।

-*-

भारतको भागलपुर, मोतिहारीमा रहेको सलहको झुण्ड पूर्वा तर्फ बढेकाले नेपाल आउन सक्ने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

-*-

आज भिन्न देशबाट ९ उडान मार्फत १ हजार घ सय ४२ जना नेपाली काठमाण्डौँ आईपुगे । साउदी र कतारबाट १२ नेपालीको शव पनि ल्याइएको छ । कोरोनाको कारण त्यहाँ समस्यामा परेका नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्किएको हो ।

-*-

सुनसरीको ईनरुवा नगरपालिका–३ महेन्द्र चोकबाट  लागुऔषध सहित २ जना पक्राउ । ईनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र २५ बर्षीय अक्तर आलम लागुऔषधसहित पक्राउ परेका हुन् ।